Monday, February 4, 2008

नेपाल मा लोडसेडिङ दूनियाँ भरी बिचली


खोलामा पानीको इस्तर हर साल बड्या बड्येइ छ। बर्सेनी नेपाल मा बाडी-पहिरो आउछ र धन-जनको बिनास गरे र जान्छ। तर पनी, लोडसेडिङ नामको भोक्मरी ले सताईरहेको छ, जल श्रोत मा धनि तर पनी गरीब देश "नेपाल"।

जल बिधुतको छेत्रमा नेपाल आफैमा सक्छम छ बिधुत उत्पाधन गरेर पुरा नेपाललाई उज्जवल बनाउन। १९९७/९८ सम्ममा नेपालमा २६१.९१ मे॰वा॰ बिधुत उत्पाधन हुन्थ्यो। बिधुतको बड्ढो माग पुरा गर्न धरै साना जल बिधुत आयोजन खुले जनताको तर्फबाट जसमा खिम्ती (६० मे॰वा॰), इंद्रावती (५ मे॰वा॰), मथ्लो भोटेकोशी (३६ मे॰वा॰)। कही ठुला खुलेका योजनाहरु चिसापानी (१०८०० मे॰वा॰), मथ्लो अरुण (३३५ मे॰वा॰), पंचेश्वोर (६४० मे॰वा॰), ठुलो अरुण (३०८ मे॰वा॰), मथ्लो कर्णाली (३०० मे॰वा॰) हुन। अर्को ठुलो आयोजन पश्चिम सेती जल बिधुत आयोजन निजी छेत्रलाई हस्तानतरन गरियेको छ (अस॰ ऍम॰ सी॰ वेस्ट सेती हाइड्रोइलेक्ट्रिक कर्पोरेसन)। यसलाई बेच्ने बिचार बनाइएको हो।

खेसरा नतीजा अनुसार ८३,००० मे॰वा॰ जल बिधुत उत्पाधन गर्ने क्षमता छ, जसको आधा मात्रै भये पनी नेपाल को बिकाश मा टेवा पुग्छ। तर यसको १% क्षमता मात्रै उपलब्ध छ, जबकि सफा स्वच्छ बिजुलीको नेपालमा मात्रै न भए र उत्तर भारत र दछिन पश्छिम चिन मा पनी यसको माग छ। नेपालमा बिधुत को माग हरेक बर्स २५ मे॰वा॰ (१०%) बडदई गईरहेको छ। आतंरिक बिधुतको माग २७० मे॰वा॰ मात्रै छ।

मलाई कसैको खुट्टा तान्न त मन छैन तर पनी फेरी भन्छु नेपाल संसरमा ज़ल श्रोतको मामलामा दित्तिय स्थान ओगट्छ, तर अझै पनी लोडसेडिङले बर्सेनी सताउदै आइरहेकोछ। जून बर्ष धेरै पानी पर्छ त्यों बर्ष झन बड़ी लोडसेडिङ हुन्छ। यसमा कसको कमजोरी छ भन्न। ने॰बि॰प्रा॰को पानी हो र नेपाल सरकारको पानी हात छ।

यसले नेपालमा बसेकहरुलाई त सतायो नै तर म जस्ता कती नेपालीहरुलाई पानी सताएको छ जो कि आफ्नो घर भन्दा टाढा १ लक्ष्य लिएर बसेका हुन्छन्। कती समय निकालेर अफ्नो अफन्त सँग कुरा गर्न खोजेका हुन्छन। १०० बर्ष भन्दा बडी भइसक्यो बिजुली आएको तारा पनी अझै अंधकार मै बितीरहेको छ नेपलिको जिंदगी। अरु उभो लग्न खोज्छन तर नेपालीको चलन बहने पछाडी लाग्ने पर्यो।
जेभयेपनी कुनै दिन नेपालीको भाग्यले कोल्टे फेर्छकी भन्दै त्यों दिन पर्खिदै छु। कुनै दिन नेपालीले भुज्छन्की अफ्नो भाग्य आफै कोर्नु पर्छ, अरु कसैले कोरिदिदैना अफ्नो देश अफैले बिकाश गर्नु पर्छ कसैले गर्दिदैन्न।

No comments: